शेयर लगानीकर्ताको व्यक्तिगत विवरण गैरकानुनीरूपमा कब्जा गर्न चलखेल

नेपाल लाइभ

काठमाडौं

अरुण सापकोटा

नेपाल स्टक एक्सचेन्जले सञ्चालन गरिरहेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा पटक-पटक समस्या आएपछि ब्रोकरहरू आफ्नो खर्चको भार घटाउन माफियाको शरणमा पुगेका छन्। ब्रोकरहरु आफैँले तयार पार्नुपर्ने 'टिएमएस' निर्माणका लागि गैरकानुनीरूपमा नयाँ कम्पनी खडा गर्ने तहमा पुगेका हुन्। 

यसमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित राजनीतिक पहुँच भएका कम्पनीको पनि संलग्नता रहेको छ। अध्यक्ष ढुङ्गानाले ग्रिन सिग्नल दिएपछि टिएमएसका लागि छुट्टै कम्पनी खोल्ने प्रकृया अगाडि बढेको हो। टिएमएस प्रणाली विकासका लागि भन्दै शेयर बजारसँग असम्बन्धित व्यक्तिको संलग्नतामा कम्पनी खोलिएको हो। 

प्रकाशित मिति: : 2020-10-08 08:28:58

प्रतिकृया दिनुहोस्