विश्वविद्यालयमा ‘डन’ बनेका विद्यार्थी नेता

शिलापत्र

काठमाडाै‌

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि विद्यार्थीको एक समूहले गरेको कुटपिट विश्वविद्यालयका विद्यार्थीको अनुशासनहिनता, अराजकता र गुण्डागर्दी शैलीको पराकाष्ठा थियो । 

गुरुलाई कुटेर ज्ञान आर्जनको अपेक्षा राख्ने ती अराजक विद्यार्थीले उपप्राध्यापक चलाउनेमाथि गरेको आक्रमण पछिल्लो घटना मात्रै हो । झन्डै ११ महिनाअघि त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने यसरी नै पिटिएका थिए । 

विद्यार्थी विश्वविद्यालयमा विमर्श होइन, विध्वंसका लागि जान्छन् भन्ने उदाहरण बन्यो, ९ मंसिर ०७६ को सो घटना । त्यस दिन त्रिचन्द्र क्याम्पसका प्रमुख न्यौपानेलाई विद्यार्थीको आवरणमा एक समूहले कुटपिट गर्‍यो । कलेजको दोस्रो तलाको कार्यकक्षमा जाँदै गरेका न्यौपानेलाई लाठी, मुक्काले यसरी हिर्काए कि टाउको, ढाड र छातीमा गम्भीर असर पर्‍यो । क्याम्पस प्रमुख न्यौपाने एक हप्ताभन्दा धेरै अस्पताल बसाइपछि घर त फर्किए तर, उनीमाथि हातपात गर्ने विद्यार्थीमाथि कारबाही भएन । 

प्रकाशित मिति: : 2020-10-08 16:06:42

प्रतिकृया दिनुहोस्