खाद्यपदार्थको गुणस्तरमा नयाँ मापदण्ड

गोरखापत्र

काठमाडाै‌

सीता शर्मा

काठमाडौँ, असोज २३ गते । पुष्टकारी, गुँदपाक, चिउरा र दालमोठ भुजियाको गुणस्तरसम्बन्धी मापदण्ड तय भएको छ । कृषि, पशुपन्छी विकास मन्त्रालयले हालै तय गरेका मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा आइसकेका छन् ।
उक्त मापदण्डमा ती खाद्यवस्तुको उत्पादनदेखि प्याकेजिङ तथा लेबलिङसम्म गर्दा खाद्य नियमावली २०२७ ले तोकेबमोजिम हुनुपर्ने उल्लेख छ । सरकारले तोकेको मापदण्ड अनुसार उत्पादन नभएको पाइए बढीमा पचास हजार जरिवाना वा पाँच वर्षसम्म कैद सजाय वा दुवै कारबाही गर्न सकिने व्यवस्था छ । सो मापदण्डमा यी खाद्यवस्तु उपभोगका लागि प्याक गरिएका सबै वस्तु पर्छन् ।

प्रकाशित मिति: : 2020-10-09 07:35:26

प्रतिकृया दिनुहोस्