अन्धकार सिंहदरबार

राजधानी दैनिक

काठमाडाै‌

समय : बुधबार राति ११ बजे ।
स्थान : देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार ।
काठमाडौं । सिंहदरबार बाहिर पर्खालसँगै चारैतर्फ बिजुली र सोलारजडित गरी १ सय ६ वटा पोल गाडिएका छन् । त्यसमध्ये ३१ पोलमा बत्ती बल्छन्, ७५ पोलमा बल्दैनन् ।

सिंहदरबारको भद्रकालीतर्फ फर्किएको मूल गेट आसपासमा ५ वटा पोल छन् तर मूल गेटका एउटै पोलमा बत्ती बल्दैनन् । मूल गेटतर्फबाट पुतली सडकतर्फ १३ वटा पोल ठडिएका छन्, ती पोलमा बत्तीको उज्यालो देखिँदैन । मूल गेटतर्फबाटै सर्वोच्च अदालत हुँदै माइतीघरतर्फ जाँदा समेत सर्वोच्च अदालतअघि बाहेकका सात वटा पोलमा बत्ती बल्दैनन् ।

माइतीघर तर्फबाट दक्षिण गेटतर्फका ११ पोलको हालत पनि उस्तै छ । दक्षिण गेटको मूल गेटमा मात्रै उज्यालो छ । सोही गेटबाट हनुमानस्थान तर्फका ६ वटा पोल र हनुमान स्थानबाट पूर्वी गेटतर्फका १२ पोलसहित त्यहाँबाट अनामनगरसम्मका ८ वटा पोलमा बत्ती छन् तर बल्दैनन् । अनामनगरदेखि पुतली सडकसम्मका १३ वटा पोलमा पनि बत्तीको उज्यालो देखिँदैन ।

प्रकाशित मिति: : 2020-10-09 07:39:06

प्रतिकृया दिनुहोस्