दसैँको टीका नजिकियो : अग्रिम टिकट बुकिङ अन्योल, नयाँ नोटको छैन टुंगो

शिलापत्र

काठमाडाैं

गत वर्ष विजयादशमीको १६ दिनअघि सार्वजनिक यातायातको अग्रिम टिकट खुला गरिएको थियो । त्यस्तै, ११ दिनअघि नयाँ नोट साट्न सुरु भएको थियो ।

यस वर्षको विजयादशमी आउन १७ दिन बाँकी छ । न नयाँ नोट वितरण गर्ने टुंगो छ न दसैँका लागि अग्रिम टिकट खुला गर्ने निश्‍चित छ ।

कोरोना भाइरस महामारीकै कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने/नगर्ने निर्णय लिन सकेको छैन भने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी पनि टिकट बुकिङ खुला गर्ने/नगर्नेमा अनिर्णित छन् ।

नेपाल राष्ट्र बैंकले दसैँमा वितरण गर्नको लागि मात्रै करिब ३५ देखि ४० अर्ब नयाँ र सुकिला नोट बजारमा पठाउने गर्छ । आव २०७४  र ०७५ मा नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २७ हजारका दरले ५, १०, २०, ५० र सयका नोट साट्ने सुविधा दिएको थियो । आव २०७६ मा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ वितरण गर्ने सुविधा दिएकाे थियाे ।राष्ट्र बैंकले यो वर्ष नयाँ नोट साट्ने नसाट्ने भन्ने निर्णय लिन सकेको छैन । अहिलेसम्म औपचारिक निर्णय नगरे पनि यथास्थितिमा लाइन लागेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको बताउँछन् राष्ट्र बैंकका निर्देशक नारायण पोखरेल । 

प्रकाशित मिति: : 2020-10-09 17:37:50

प्रतिकृया दिनुहोस्