ओहोदामा छु भन्दैमा जे पनि बोल्ने छुट छ ?

बाह्रखरी

काठमाडाैं

कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणले देशै आन्दोलित भयो । तर, उनका हत्यारालाई कारबाही भएन । त्यसयता यस्ता थुप्रै घटना भए । पछिल्लो समय सम्झना कामीमाथि यस्तै घटना भयो ।

पटकपटक उस्तै प्रकृतिका घटना हुँदा पनि सरकार मूकदर्शक बनेको चौतर्फी टिप्पणी भइरहेको छ । अपराधी कारबाहीको दायरामा आउलान् र आपराधिक मानसिकता भएका व्यक्तिको मनोबल कमजोर भएर यस्ता घटना कम होलान् भन्‍ने अपेक्षा गरिरहेका बेला गृहमन्त्रीले नै यस्ता घटना सामान्य हुन्, अरु देशमा भन्दा हाम्रो देशमा यस्ता घटना कम छन् भन्‍ने अभिव्यक्ति दिएपछि नायिका ऋचा शर्माले उक्त अभिव्यक्तिको चर्को आलोचना गरिन् ।

उनले आफूलाई छोरी जन्मिएला कि भन्‍ने डर लाग्‍न थालेको समेत बताइन् । छोरी जन्मिए अपराधीको आँखा लाग्ला कि भन्‍ने डर र छोरा भए संस्कारबाट विचलित होला कि भन्‍ने भयले सताउन थालेको बताइन् । उनले आफूलाई प्रतिबिम्ब बनाएर समग्र नेपाली समाजको मनोदशा चित्रण गरिन् । 

प्रकाशित मिति: : 2020-10-13 11:48:00

प्रतिकृया दिनुहोस्