हेलमेट ‘क्लु’बाट समातिए अपराधी

राजधानी दैनिक

काठमाडाैं

काठमाडौं । कुनै पनि अपराध कर्ममा संलग्न अपराधी सकेसम्म घटनाको ‘क्लु’ प्रहरीले फेला नपारोस् भन्ने ठानेर अपराध गर्दा अनेक जुक्ति लगाउँछन् । तर, नेपाल प्रहरी अपवादबाहेकका घटनाको अनुसन्धानमा अपराधी नजिक पुगेको पाइन्छ ।
भक्तपुरको सुडालमा गत २१ असोजमा त्यस्तै एउटा घटना भयो । जहाँ प्रहरीलाई घटनाको ‘क्लु’ पत्ता लगाउन र अपराधी समात्न एउटा पसलमा भेटिएको हेलमेट काफी भयो ।

घटना गत बुधबारको हो । साँझ चार बजेको छ । भक्तपुरका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन चाँगुनारायण नगरपालिका–८ सुडालस्थित आफ्नै पसलमा बसिरहेका छन् । दुई युवा जग्गा खोज्दै चन्द्रबहादुर नजिक पुग्छन् र जग्गाको कारोबारमा संलग्न रहेका ती युवालाई जग्गा देखाउन चन्द्रबहादुर उनीहरूसँगै हिँड्छन् ।

जग्गा देखाउने क्रममा उनीहरूबीच विवाद सुरु हुन्छ । एउटै जग्गा धेरैलाई देखाएको भन्दै एकाएक चन्द्रबहादुमाथि कुटपिट गरिन्छ । चन्द्रबहादुर त्यही ढल्छन् र ती दुई युवा उनले लगाएका सुनका गरगहना लुटेर हिँड्छन् ।

स्थानीयले घाइते अवस्थामा देखेपछि चन्द्रबहादुरलाई मध्यपुर अस्पतालसम्म पु¥याउँछन् । त्यहाँ उपचार नभएपछि उनलाई अन्यत्र रिफर गरिन्छ । तर चन्द्रबहादुर बाँच्दैनन् । उनको निधन भएको अस्पतालले पुष्टि गर्छ ।

प्रकाशित मिति: : 2020-10-14 09:47:00

प्रतिकृया दिनुहोस्