चाैतर्फी असफलताकाबीच च्याउ खेतीबाट उकासिएको एक परिवारको कथा

देशसञ्चार

काठमाडाैं

दाङ – बिहानको ४ बज्यो । मेघनारायण चौधरी, उनका श्रीमती, छोरा–बुहारी सबै उठीसके । सबैको हातमा टर्च र प्लास्टिकको झोला छ ।

घोराही र तुलसीपुरबाट दुई क्विन्टल च्याउको माग भएको छ। बजारमा च्याउको माग धेरै छ । व्यापारीले माग गरे जति पुर्‍याउन सकिएको छैन।

च्याउ टिप्न बिहान ४ बजे सबै उठीसकेका हुन्। दैनिक पाँच क्विन्टलसम्म च्याउ उत्पादन हुँदा बिहान ३ बजे नै उठ्नुपर्ने हुन्छ । हिजोआज दैनिक दुई क्विन्टलसम्म च्याउ उत्पादन भैरहेको छ ।

पुस–माघ महिनामा धेरै च्याउ उत्पादन हुन्छ । त्यती बेला यो परिवारको व्यस्तता झनै हुन्छ । गर्मी मौसममा च्याउ फलाउन अलि समस्या हुन्छ । तर, चिसो मौसममा च्याउ धेरै फल्ने गर्छ । 

पहिला तरकारी खेती हुने साढे दुई बिगाह जग्गामा अहिले स–साना खरको छानो हालिएका घर छन् । ती घर ‘कन्य’ जातको च्याउको लागि तयार पारिएको हो।

मेघनाराण चौधरी निर्वाचित वडाध्यक्ष हुन्। लमही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष चौधरीको परिवारका सबै सदस्य कृषि कर्ममा लागेका छन्। यसको नेतृत्व वडाध्यक्ष स्वयंले गरेका छन्।

च्याउ खेतीमा संलग्न भएको चार वर्ष नाघेको छ । यो भन्दा अघि यो परिवारले कृषि तर्फ हात नहालेको क्षेत्र छैन। तर, सफलता भने कतै हाँसिल हुन सकेन । च्याउ खेतीमा हात हालेपछि भने निरास हुनु परेको छैन।

प्रकाशित मिति: : 2020-10-14 10:41:00

प्रतिकृया दिनुहोस्