करन जौहर र एकता कपुरलगायत ७ जनालाई २१ अक्टुबरमा अदालतमा हाजिर हुन आदेश

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा बिहारको मुजफ्फरपुर कोर्टले ७ बलिउड स्टारलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ। 

न्यायाधीस राकेश मालवीयले करन जौहर, आदित्य चोपडा, सञ्जय लीला भञ्साली, साजिद नाडियाडवाला, एकता कपुर, भूषण कुमार र दिनेश विजानलाई २१ अक्टुबरसम्म कि आफै अदालतमा उपस्थित हुन नभए वकिललाई बयान दर्ता गराउन निर्देशन दिएका हुन्। 

अदालतले ७ अक्टुबरमा बोलाएकोमा सलमान खानका वकिल मात्र उपस्थित भएका थिए। सलमानका वकिल साकेत तिवारीले बलिउड स्टारको पक्ष राखेका थिए। 

तर, अन्य कलाकारका वकिल उपस्थित भएनन्। २१ अक्टुबरको सुनवाईमा यी फिल्मी हस्तीले आफ्नो पक्ष नराखेको खण्डमा एकपक्षीय आदेश पारित हुनेछ। 

१७ जुनमा मुजफ्फरपुरका वकिल सुधीर कुमार ओझाले सुशान्त मुद्धामा ८ सेलिब्रिटीविरूद्ध मुद्धा दर्ता गराएका थिए। उनीहरूविरूद्ध आत्महत्याका लागि उकासेको आरोप छ।

प्रकाशित मिति: : 2020-10-14 11:08:00

प्रतिकृया दिनुहोस्