रोनाल्डोले कोरोनाको प्रोटोकल तोडेको आशंका

एजेन्सी

काठमाडौं
कोरोना संक्रमित भएका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले प्रोटेकल तोडेको आशंका थरिएको छ।
कोरोना संक्रमित भएका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले प्रोटेकल तोडेको आशंका थरिएको छ।

कोरोना संक्रमित भएका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले प्रोटेकल तोडेको आशंका थरिएको छ।

इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले रोनाल्डोले कोभिडको प्रोटोकल तोडेको आशंका जताएका हुन्। रोनाल्डो सोमलबार कोरोना संक्रमण पुष्टि भएपछि बुधबार टुरिन फर्केका थिए।

खेलकुद मन्त्रीले भने, ‘रोनाल्डोको रिपोर्ट पोर्चुगलमा हुँदा नै पोजिटिभ आएको थियो। यदी उनी कुनै आधिकारिक निकायको स्वीकृति विना फर्केका हुन् भने त्यो प्रोटेकोल तोडेको हुन्छ।’

बार्सिलोनाविरुद्ध हुने च्याम्पियन्स लिगको समूह चरणको खेलका लागि तयार हुन रोनाल्डो फर्केको अनुमान गरिएको छ। अक्टुबर २८ का लागि युभेन्ट्स र बार्सिलोनाको खेल तय छ। २१ अक्टोबरसम्म उनी कोरोनामुक्त भए बार्सिलोनाविरुद्ध उत्रन पाउनेछन्।

युभेन्ट्सले भने आफ्ना सुपर स्टार रोनाल्डोले स्विकृती लिएको जनाएको छ। उनी आफ्नो प्राइभेट जेटमार्फत कासेल्ली एयरपोर्टबाट टुरिन पुगेका हुन्। यात्राको क्रममा सबै मापदण्ड अपनाइएको पनि कल्बले जनाएको छ।

युभेन्ट्सले  इटालीमा १० दिन मात्र क्वारेन्टाइन बस्दा पुग्ने भएकाले उनी चाँडै फर्केको सफाइ दिएको छ । पोर्चुगलमा भने १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। 

हुन त उनमा कोरोनाको त्यस्तो खासै लक्षण देखिएको छैन। कोरोना पुष्टि भएसँगै उनले घरेलु मैदानमा तय भएको स्वीडेनविरुद्धको नेसन्स लिगको खेल गुमाएका थिए।

प्रकाशित मिति: : 2020-10-16 12:14:00

प्रतिकृया दिनुहोस्