कप्तान परिवर्तन गरेको कोलकाता मुम्बईसँग ८ विकेटले पराजित

कप्तान परिवर्तन गरेपनि कोलकाता नाइट राइडर्स(केकेआर) ले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत ३२ औं खेलमा मुम्बई इन्डियन्स (एमआई) सँगको खेल ८ विकेटले गुमाएको छ। 

मुम्बईले १३ औं सिजनमा केकेआरलाई दोस्रो पल्ट पराजित गरेको हो। अबुधाबीमा भएको खेलमा कोलकाताले टस जितेर पहिलो ब्याटिङग गरेको थियो। जसमा उसले विपक्षी मुम्बईलाई १ सय ४९ रनको लक्ष्य दिएको थियो। 

मुम्बईले १६ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै विजय लक्ष्य पुरा गर्यो। मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डिककले आइपीएलमा आफ्नो १३ औं सतक पुरा गरें। उनले टिमका लागि अविजित ७८ रन बनाए। उनलाई म्यान अफ दि म्याच घोषित गरियो। हार्दिक पाण्ड्याले पनि अविजित २१ रन बनाए। कप्तान रोहित शर्मा ३५ रनमा आउट भए। सूर्यकुमार यादवले १० रन बनाए। 

केकेआरका लागि शिवम मावी र वरुण चक्रवर्तीले १–१ विकेट लिए। मुम्बईका लागि कप्तान शर्मा र डिकोकले सिजनको पहिलो अर्धसतकीय इनिङ बनाउने क्रममा ९४ रनको साझेदारी गरे। यो सिजनमा मुम्बईको पहिलो अवसर थियो, पावर–प्लेमा कुनै विकेट झरेन। 

यस्तै ट्रेन्ट बोल्टले आइपीएलमा ५० विकेट पुरा गरे। बोल्टले ४१ खेलमा यो कीर्तिमान बनाएका हुन्। मुम्बईका लागि सबैभन्दा विकेट लिने कीर्तिमान लासिथ मालिङ्गाको नाममा छ। उनले १ सय २२ खेलमा १ सय ७० विकेट लिएका छन्। 

मुम्बईको यो सिजन बलिङमा उत्कृष्ट प्रदर्शन रह्यो। पावर–प्लेमा उनीहरूले २३ दशमलव ३३ को औसतले १२ विकेट लिएका छन्। 

कोलकाताको प्रदर्शन सुरुदेखि नै खराब रह्यो। प्रारम्भिक ब्याट्सम्यान राहुल त्रिपाठीले खासै राम्रो प्रर्दशन गर्न सकेनन्। उनी ७ रन बनाएर बोल्टको बलमा आउट भए। लगत्तै नितिस राणा ५ रनमा नाथन कुल्टरको बलमा पवेलियन फर्किएका थिए। केकेआरुले पावर–प्लेमा २ विकेट गुमाएर ३३ रन मात्र बनायो। 

भर्खरै कप्तानी छोडेका दिनेश कार्तिकको प्रर्दशन पनि बिर्सनलायक थियो। उनले ८ बलमा ४ रन बनाए। उनलाई राहुल चाहरले आउट गरे। चाहरले सुभमन गिललाई २१ रनमा पवेलियनको बाटो देखाए। 

केकेआरका लागि कप्तान इयोन मोर्गन र पेट कमिन्सले इनिङलाई अफ्ठेरो अवस्थाबाट उकासेका थिए। 

६१ रनमा ५ विकेट गुमाइसकेको केकेआरका लागि उनीहरूले छैटौं विकेटमा ८७ रनको साझेदारी गरे। कमिन्सले ३६ बलमा अविजित ५३ रन बनाएर सिजनको पहिलो अर्धसतक पुरा गरें। मोर्गनले २९ बलमा ३९ रन बनाए। चाहरले २ विकेट लिए। यस बाहेक जसप्रित बुमराह, बोल्ट र नाथनले १–१ विकेट लिए। 

केकेआरले मुम्बईलाई सिजनको दोस्रो कमजोर लक्ष्य दिएको थियो। यसअघि सनराइजर्स हैदराबादले कोलकाताविरूद्ध ४ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाएको थियो। त्यो खेल कोलकाताले ७ विकेटले जितेको थियो। 

खेल सुरु हुनुभन्दा अघि नै कार्तिकले कप्तानी छोडेपछि मोर्गनलाई टिमको नेतृत्व सुम्पिएको थियो कार्तिक २०१८ देखि कप्तान थिए। 

उनको कप्तानीमा ३७ खेलमा केकेआरले १९ मा जित र १७ पराजय भोगेको थियो। मोर्गन आइपीएलमा दोस्रो बेलायती कप्तान हुन्। यसअघि केभन पिटर्सन रोयल च्यालेञ्जर्स बेङलुरुको कप्तान नियुक्त भएका थिए। उनी २००९ मा कप्तान थिए।

प्रकाशित मिति: : 2020-10-17 07:04:00

प्रतिकृया दिनुहोस्