डेरावाललाई डरै डर

घरबेटीले निकाल्छन् भनेर जँचाउँदैनन्, संक्रमण भए पनि लुकाएर हिँड्छन्

काठमाडौं : सरकार भन्छ– ‘बेहोस हुन लागे–लागे मात्र अस्पताल जानुहोस्।’ कोरोना संक्रमितको संख्या बढ्दो छ। तिनलाई धान्न पुग्दो अस्पताल पनि छैनन्। त्यही भएर अधिकांशले घरलाई नै आइसोलेसन बनाइरहेका छन्। 

आफ्नै घर हुनेका लागि त यसमा गाह्रो भएन। यसको मारमा परेका छन्– डेरा गरेर बस्नेहरू। घरबेटीलाई सुनाऔं, बस्न÷पस्न नदिने डर। त्यही भएर प्रस्टै लक्षण भए पनि अधिकांश डेरावाल जँचाउन जान हिचकिचाइरहेका छन्। जँचाएर पोजिटिभ रिपोर्ट आउनेहरू चुपचाप भित्रै बसिरहेका छन्।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५३ हजार ६ सय ८९ पुगेको छ। जसमध्ये काठमाडौंमा मात्रै ४३ हजार २ सय ६५ संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ९ हजार ९ सय ५२, भक्तपुरमा १ हजार ३ सय ५० र ललितपुरमा २ हजार ४ सय २० संक्रमित होम आइसोलेसनमा छन्। तीमध्ये ठूलो संख्या डेरावालको छ। डेरावालमध्येको ठूलो संख्या कष्टकर रूपमा समय बिताइरहेका छन्।

प्रकाशित मिति: : 2020-10-18 12:33:00

प्रतिकृया दिनुहोस्