हायातको सम्पत्ति मूल्यांकन गर्ने कम्पनी छनोटमा ३ महिनादेखि व्यवस्थापनको ढिलासुस्ती

उत्तम काप्री

काठमाडाैं
तारागाउँ रिजेन्सी होटल लिमिटेड (हायात)
तारागाउँ रिजेन्सी होटल लिमिटेड (हायात)

काठमाडौं–तारागाउँ रिजेन्सी होटल लिमिटेड (हायात) ले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) को कम्पनी छनोट प्रक्रियामा ढिलासुस्ती गरेको छ। हायातले सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि साउन ३ गते  ७ दिने समयसीमा राखेर टेन्डर गरेको थियो।

टेन्डर सूचनामा ७ वटा नेपाली तथा विदेशी कम्पनीले आवदेदन दिए पनि ३ महिना हुन लाग्दा पनि कम्पनी छनोट प्रक्रिया अगाडि बढेको छैन। 

होटल व्यवस्थापनले कोरोनाका कारण होटल बन्द भएको भन्दै सम्पत्ति तथा दायित्व मूल्यांकन प्रक्रियामा ढिलासुस्ती गरिरहेको छ।

हायात होटल व्यवस्थापनले साउन ३ गते शनिबार ७ दिने सूचना प्रकाशन गर्दै डिडिएका लागि आवदेन मागेको थियो। आवेदन माग भएपछि सात वटा नेपाली तथा विदेशी फर्मले इच्छा प्रकट गर्दै प्रस्ताव पेस गरेका थिए। तर, ३ महिना हुनै लाग्दा पनि  तारागाउँ रिजेन्सी होटल लिमिटेडले बोर्ड बैठक बोलाएको छैन। जसका कारण सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने कम्पनी छनोटको निर्णय हुन सकेको छैन।

होटल हायातको सम्पत्ति मूल्यांकन गर्न ७ कम्पनीको चासोआइतबार, साउन ३२, २०७७

 कोरोनाका कारण तारागाउँ रिजेन्सी होटल लिमिटेडको कार्यालय बन्द भएका कारण बैठक बस्ने ढिलो भएको होटल व्यवस्थापनको भनाइ छ। लिमिटेडको असार ३१ गते बुधबार बसेको बोर्ड बैठकले डिडिएका लागि होटल व्यवस्थापनले अघि बढाएका सबै प्रक्रिया रद्द गर्दै नयाँ प्रक्रिया थालनी गर्ने विषयमा सहमति गरेको थियो। सोही आधारमा होटल व्यवस्थापनले पहिलो पटक हुने लागेको डिडिएका लागि सूचना प्रकाशन गरेको थियो।

डिडिएका लागि पुनः नयाँ प्रक्रिया थालनी गर्न तारागाउँ रिजेन्सी होटल सहमत बुधबार, असार ३१, २०७७

त्यसभन्दा पहिले होटल व्यवस्थापनले एकलौटी रुपमा गर्न लागको डिडिए प्रक्रिया भने रद्द भएको थियो। झन्डै २८ वर्षपछि पहिलो पटक डिडिए गर्न होटल व्यवस्थापन सहमत भएको थियो।

प्रकाशित मिति: : 2020-10-18 12:46:00

प्रतिकृया दिनुहोस्