सरकारले संक्रमितको संख्या गन्नु बाहेक केही गर्न सक्दिनँ भनुपर्‍याे: थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अब कोरोना संक्रमितले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेपछि आक्रोश व्यक्त गरेका छन्।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जालमा खुद्रा खुद्रामा निर्णय गर्नुभन्दा बरु संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन भन्दै व्यङ्ग्य गरेका छन्।

‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय : कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू’ शीर्षकमा सांसद थापाले ट्विटरमा लेखेका छन्, ‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ!’

प्रकाशित मिति: : 2020-10-19 09:46:00

प्रतिकृया दिनुहोस्