भारतको नियन्त्रणमा चिनियाँ सैनिक, फिर्ता पठाउन चीनको आग्रह

भारतले पूर्वी लद्दाखको डेमचेक सेक्टरमा एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ। आफ्नो भूमिमा प्रवेश गरेको आरोपमा भारतले ती सैनिकलाई नियन्त्रणमा लिएको हाे।

वास्तविक नियन्त्रण रेखा पार गरेर भारतर्फ आइरहेका बेला उनलाई नियन्त्रणलाई लिइएको भारतले दाबी गरेको छ।

भारतीय सेनाका अनुसार चीनको पिपुल्स लिवरेसन आर्मी (पीएलए) लाई उक्त सैनिकका विषयमा जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ। 

यद्यपी ती सैनिकलाई सबै किसिमका मेडिकल सुविधा, अक्सिजन, खाना तथा न्यानो लुगाहरु दिइएको जनाइएकाे छ।

सेनाले एक वक्तव्य जारी गरेर आचार संहिता पालना गर्दै पक्राउ गरिएका चिनियाँ सैनिकलाई फिर्ता पठाइने जनाएकाे छ।

यता चीनकाे पत्रिका ग्लोबल टाइम्सका अनुसार एकजना गाेठालाेलाई मद्दत गर्ने क्रममा आइतबार राति पीएलएका एक सैनिक भूलवश सीमा पारि पुगेकाे जनाएकाे छ।

पिएलए वेस्टर्न थिएटर कमाण्डका प्रवक्ताले भनेका छन्, ‘हामीलाई आशा छ भारतले आफ्नो वाचा निभाउने छ र हाम्रा जवानलाई फिर्ता पठाउने छ। साथै साताैँ चरणकाे सैन्य-कूटनीतिक वार्ताको सहमति लागू गर्न चीनसँग मिलेर काम गर्नेछ र सीमा क्षेत्रमा शान्ति कायम गर्ने दिशामा लाग्नेछ।’

उनकाे भनाइपछि तुरुन्त भारतलाई दिएकाे छ र भारत ती सैनिक फिर्ता गर्न राजी भइसकेकाे छ।

केही महिनायता भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा विवाद भइरहेको छ। खासगरी गत जुन १५ तारिख त्यहाँको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंस्रक झडप भएयता दुई देशबीच तनाव भइरहेको छ।

त्यस झडपमा भारतका २० सैनिक मारिएका थिए। 

उक्त झडपपछि दुई देशका सैनिकबीच पटकपटक वार्ता गरी झगडा नगर्ने सहमति गरिए पनि बेलाबेला दोहोरो फायरिङ भइरहेका छन्। तर पनि दुई पक्षबीच सहमतिका लागि प्रयास जारी छ। 

प्रकाशित मिति: : 2020-10-20 07:22:00

प्रतिकृया दिनुहोस्