दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

नेपाल खबर

काठमाडाैं

भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ।

उनीहरुले यो अवधिमा नेपालका मनास्लु र लोबुचे हिमाल आरोहण गरेका छन्।

बहराइन राजकुमार मोहम्मद हामद मोहम्मद अलखालिफाको नेतृत्वमा १८ जनाको टोली नेपाल आएको थियो। जसमा ३ जना बेलायती नागरिक थिए भने १५ बहराइनी नागरिक हुन्। उनीहरु सबै बहराइन रोयल गार्डका सदस्य हुन्।

कोभिड १९ को विषम परिस्थितिमा नेपाल आएका उनीहरु सुरुमा १ हप्ता गोकर्ण रिसोर्टमा क्वारेन्टिनमा बसे। त्यसपछि क्रमशः लोबुचे र मनास्लु हिमाल आरोहण गरे।राजकुमारको टोलीको नेपालको एजेन्सी थियो सेभेन समिट ट्रेक। एजेन्सी प्रमुख मिङ्मा शेर्पा हुन्। उनी विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने पहिलो नेपाली समेत हुन्। मिङ्मा शेर्पाले पनि राजकुमारसँगै हिमाल आरोहण गरे । ‘मैले पनि राजकुमारसँग दुवै हिमाल आरोहण गरेको हुँ। उनीहरु पहिलोपटक नेपाल आएका हुन्। यसअघि कुनै पनि हिमाल आरोहण गरेका थिएनन्’, शेर्पाले नेपालखबरसँग भने, ‘उनीहरुसँग आरोहणसम्बन्धी कुनै अनुभव थिएन। नेपाल आएर नै पहिलोपटक हिमाल आरोहण गरेका हुन्।’

प्रकाशित मिति: : 2020-10-20 14:14:00

प्रतिकृया दिनुहोस्