रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

बुटवल उपमहानगरपालिका ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा  हो।

दुवैजनालाई कोरोना अस्पताल बुटवलको भेन्टिलेटरमा राखिएकाे थियाे।

असोज २४ गते संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। उनमा उच्च रक्तचापको समस्या रहेको थियाे।

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको हाे।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-21 08:32:00

प्रतिकृया दिनुहोस्