मिल्लान् त ओली–नेपाल ? नेकपाका नेता भन्छन् - पार्टी फुटेको बुझ्नु

बाह्रखरी

काठमाडाैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तीन महिना लामो संवादहीनता तोडेका छन् । मङ्गलबार अपराह्न उनीहरूबीच झण्डै तीनघण्टा भलाकुसारी भयो । आफ्नै कार्यशैलीले अप्ठ्यारोमा पर्दै गएका र पार्टीभित्र अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले सहकार्यको हात अघि बढाए ।

स्थायी कमिटी बैठकअघि आमुन्नेसामुन्ने भएका ओली–नेपालबीच भदौ २६ पछि पनि संवादको वातावरण बनेको थिएन । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा उभिएर सरकारलाई कमजोर बनाउन लागेको भन्दै ओलीले बदलाभावले हेरेका थिए । सरकार र पार्टी सञ्चालनमा प्रचण्डसँग चोचोमोचो जोड्दै किनाराकृत गर्न खोजिएको भन्दै नेपालले पनि संवाद बढाउनेतर्फ चासो देखाएका थिएनन् ।

पार्टी अध्यक्षसमेत रहेका ओलीले एककदम पछि हटेर नेपालसँग सहकार्यको अमूर्त प्रस्ताव गरेका छन् ।

नेपालले पनि प्रधानमन्त्री ओलीकै कार्यशैली बाधक रहेको बताउँदै सहकार्य हुनसक्ने सम्भावना व्यक्त गरेपछि नेकपावृत्तमा अनेक चर्चा सुरु भएको छ । ओली–नेपालको पछिल्लो भेटलाई पूर्वएमाले एक हुन लागेको पूर्वसंकेतका रूपमा पनि बुझेका छन्, कतिपयले ।

तर, ओलीपक्षीय नेताहरू नै यसलाई खण्डन गर्छन् । प्रधानमन्त्री ओली र नेता नेपालबीच सहकार्य नै हुन नसक्ने अवस्था त विद्यमान नरहेको तर, अहिले नै परिस्थिति पाको नबनिसकेको उनीहरूको मत छ ।

“अध्यक्ष र वरिष्ठ नेतापछि पछिल्लो अवस्थाका बारेमा कुराकानी भयो,” नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बाह्रखरीसँग भने, “उहाँहरूबीच हार्दिकपूर्ण कुराकानी भयो ।”

दुई नेताबीच संवाद अघि बढ्दा र कुराकानीको सिलसिला जोडिँदा मिलेर अघि बढ्न लागेको सङ्केतका रूपमा बुझ्न नहुने बताउँछन् । “कुराकानी भएको छ । तर, बाहिर चर्चा भएजस्तो पूर्वएमाले एक भएको, हुने तयारी गरेको भन्ने कुरा होइन,” ओलीको निकट रहेका नेता नेम्वाङ भन्छन् । 

प्रकाशित मिति: : 2020-10-22 03:58:00

प्रतिकृया दिनुहोस्