क्यान्सरसँगको युद्ध जितेपछि संजय दत्तले के भने?

अभिनेता सञ्जय दत्तको क्यान्सर नाटकीय रूपमा ठिक भएको छ।

सञ्जयले केही दिनअघि आफूले क्यान्सलाई पराजित गर्ने दावी गरेका थिए। उनलाई ८ अगस्टमा स्वास फेर्न अफ्ठेरो भएपछि लिलावती अस्पताल भर्ना गरिएको थियो। 

जहाँ उपचारका क्रममा तीन दिनपछि फोक्सोमा क्यान्सर भएको छानवीन रिपोर्टमा पत्ता लागेको थियो। त्यसयता उनी नियमित उपचारमा थिए।

ट्विटरमा यो जानकारी दिँदै उनले भने, ‘पछिल्ला केही हप्ताहरू म र मेरो परिवारका सदस्यहरूका लागि गाह्रो भएको थियो। तर भगवानसँगको कठिन लडाइमा सबैभन्दा बहादुर सिपाही विजयी हुन्छ। र आज मेरो बच्चाको जन्मदिनमा म खुशी छु कि मैले यो लडाई जितेको छु।’

संजय अगाडि भने,‘तपाईको विश्वास र समर्थन बिना यो सबै सम्भव थिएन। म मेरो परिवार, साथी र प्रशंसकहरुप्रति हार्दिक आभारी छु जसले मलाई साथ दिए।’

६१ वर्षीय संजयले १५० भन्दा बढी फिल्महरूमा काम गरिसकेका छन्। उन नोभेम्बरदेखि आफ्नो अर्को फिल्मको शुटिङमा व्यस्त रहने छन्।

प्रकाशित मिति: : 2020-10-22 07:29:00

प्रतिकृया दिनुहोस्