वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। 

हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। 

 दाहालका अनुसार काठमाडौंबाट हेटौंडा फर्किएपछि पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो।

 ‘स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ दाहालले भने, ‘सामान्य रुघाखोकीबाहेक उहाँमा अन्य कुनै स्वास्थ्य समस्या छैन।’ 

उनका अनुसार मुख्यमन्त्री पौडेल हाल हेटौंडा २ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन्।

प्रकाशित मिति: : 2020-10-22 18:43:00

प्रतिकृया दिनुहोस्