नेपाली कम्निस्टहरु सत्तासुखको वेदीमा आफ्ना यावत् संकल्प र वाचालाई बलि चढाउँछन्

रातोपाटी

काठमाडाै‌

तपाईं दशैं कसरी मनाउनुहुन्छ?यसपटकको दशैं मनाउने सन्दर्भमा तपाईंले कुनै विशेष तयारी र योजना बनाउनु भएको छ कि?

म दशैँ मनाउँदिन । पारिवारिक र लोकदृष्टिमा असामाजिक नदेखिन केवल केही औपचारिकता निर्वाह गर्छु । यो असहमत सनातनसँग गरिने एक प्रकारको लाचार सम्झौता हो । गृहस्थ जीवनको पन्छाउनै नसकिने कठोर बाध्यता ।

दशैँमा नित्य दिनचर्या सिवाय मेरो कहिल्यै केही योजना हुँदैन । केही पढ्नु, केही लेख्छु भन्नु र प्रायः नलेख्नु, एकाधवटा कूलवन्धु र मित्रमिलन गर्नु, यदाकदा एक्लो र निख्लो अनुभूति गर्नु— बस् । यसपाला कोरोना महामारीग्रस्त याम छ । हरेक मानिस भयको अजङ्गको पर्वत बोकेर हिँडिरहेछ । हरेक मानिसका दृष्टिमा हरेक मानिस कोरोनावाहक हल्कारातुल्य छ । यस्तोमा दशैँको के विशेष तयारी र योजना हुनु ? एक्लोपना र दिक्दारीको अनुभूति गर्न मलाई कुनै योजना चाहिँदैन ।

प्रकाशित मिति: : 2020-10-23 09:13:00

प्रतिकृया दिनुहोस्