नगरपालिकाले नाम खायो, राजमार्ग विस्तारले कुवै खाने पीर

तस्बिर : गोरखापत्र

अमरराज नहर्की
भानुभक्तलाई आदिकविको स्थान र सम्मानमा पु¥याउने प्रेरणादायी स्थल हो घाँसीकुवा । जीवनभर घाँस काटेर कमाएको पैसा नाम क्यै रहोस भनेर तिनताका कुवा खनाउने एउटा दरिद्र घरको घाँसीको प्रेरणादायी कुरा सुनेपछि भानुभक्तभित्रको साहित्य सृजना प्रस्फुटन भएको थियो । भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग जम्काभेट भएको बताईन्छ ।

भानुभक्तलाई आदिकवि जस्तो नेपाली साहित्यको एउटा सर्वोच्च सम्मान दिने सन्दर्भका तिनै घाँसीले बनाएको मानिने घाँसीकुवालाई खासै महत्व दिइएको छैन । विदेशमा प्रख्यात साहित्यकारको जन्मस्थल, उनका रचनासँग सम्बन्धित स्थल र सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रुपमा राखिन्छ नेपालमा भने घाँसीकुवा जस्ता साहित्यिक सन्दर्भसँग जोडिएका स्थलको संरक्षणमा पर्याप्त ध्यान पुगेको देखिदैन । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले संरक्षण गर्न जरुरी देखिएको छ । सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा संरक्षणको लागि बेलैमा चासो राख्नुपर्ने माग स्थानीयको छ ।

प्रकाशित मिति: : 2020-10-23 15:49:00

प्रतिकृया दिनुहोस्