थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताएकाे छ। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन्। 

योसँगै नेपालमा  कोरोनामुक्त हुनेको संख्या हालसम्म १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको  मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-23 16:28:00

प्रतिकृया दिनुहोस्