कोरोनाको मारमा बडादसैँको व्यापार, बुटवल बजारमा देखिएन रौनक

रातोपाटी

रुपन्देही
तस्बिर : रातोपाटी

 

तेजेन्द्र के.सी. 

हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ हामी बीच भित्रिसकेको छ । लामो समयदेखिको कोरोना त्रासबीच सबैजना आआफ्नै गच्छेअनुसार दसैँ मनाउने तयारीमा जुटेका छन् ।

तर खर्चिलो पर्व मानिएको दसैँ धान्न यसपाली सर्वसाधारणलाई हम्मेहम्मे परेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा चार महिना लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण कयौँले रोजगारी गुमाएका छन् भने व्यापार–व्यवसाय चौपट भएको छ । हुँदा खानेका लागि यस्तो अवस्थामा दसैँ धान्न निकै कठिन भएको छ ।

हाल लकडाउन खुकुलो गराइएको भए पनि व्यापार–व्यवसाय चलायमान हुन सकेको छैन । दसैँमा व्यापारको होड चल्ने बुटवलका खाद्यान्न, फेन्सी पसलहरु अहिले सुनसानजस्तै देखिन्छन् भने व्यापारीहरु निराश छन् ।

प्रकाशित मिति: : 2020-10-23 16:51:00

प्रतिकृया दिनुहोस्