नागरिकको सुरक्षा नै प्रहरीको दसैं: छैन बिदा, कार्यालय प्रमुखबाटै टीका, ब्यारेकमै भोज

नेपाल लाइभ

काठमाडौँ
फाइल तस्बिर

नारायण अधिकारी

फौजी जीवनको दसैं तिहार बुझ्न जगदीश समालले गायको एउटा गीत नै काफी छ- ‘फौजीलाई कुन हो दसैं, कुन हो चाड तिहार।’

दसैं तिहारमा अरु छुट्टी लिएर चाड मनाउन घर फर्कन्छन्। प्रहरी भने बिदा रोकेर सुरक्षा योजना बनाउन व्यस्त हुन्छ।

अघिल्ला वर्षहरुभन्दा यो वर्ष भने दसैं केही भिन्न भएको छ। कोरोना माहामारीका कारण पहिलाको जस्तो उल्लास छैन। कोराना नियन्त्रणको फ्रन्टलाइनमा खटिनुपर्ने र दसैंलगायत चाडमा अपराध समेत बढ्ने भएकाले यो वर्ष सुरक्षाका हिसाबले झनै चुनौतीपूर्ण भएको प्रहरीले निष्कर्ष निकालेर सुरक्षा योजना बनाएको छ।

जसकारण झन्डै तीन करोड नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीको दसैं भने जगदीश समालले गाएको यो गीत जस्तै छ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायत भन्छन्, ‘अघिल्लो वर्षभन्दा बढी सुरक्षाकर्मी यो वर्ष खट्नुपर्ने अवस्था छ। हामीलाई यो वर्ष दोहोरो चुनौती छ, कोरोना र सुरक्षा–अपराध। चाडकै मौकामा चोरी, लुटपाट, लागू औषध प्रयोग बढ्ने, जाँड रक्सी खाएर होहल्ला, झैझगडा, कर्तव्य ज्यानका घटनाहरू हुने गर्छन्। यस्ता अप्रिय घटना हुन नपाओस् भनेर आम नागरिक रमाइलो गरिरहेका बेला उनीहरूकै सुरक्षा गर्दैमा हामी प्रहरीको दसैं बित्छ।’

प्रकाशित मिति: : 2020-10-24 07:46:00

प्रतिकृया दिनुहोस्