नेपालगञ्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

नेपालगञ्जमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले पुष्टि गरेका हुन्।

ती पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो ।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि असाेज २५ गते ती पुरुषकाे स्वाव परीक्षण गरिएकाे थियाे।

 २६ गते आएकाे रिपाेर्टमा उनमा कोरोना भाइरस पाेजेटिभ रहेकाे देखाइएकाे थियाे। 

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको फोकलपर्सन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-24 08:07:00

प्रतिकृया दिनुहोस्