बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनी स्वयंले आफूहरुलाई कोरोना संक्रमण भएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘हिसिला र म दुवैलाई काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’ भट्टराईले लेखेका छन्।

चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा बसेकाे उनले बताएका छन्।

उनले आफ्नाे सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-10-24 08:59:00

प्रतिकृया दिनुहोस्