काठमाडौं उपत्यकामा ११ सय १० सहित देशभर थपिए २२ सय २५ संक्रमित, थप १३ को मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० सहित शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ सहित थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा थप ४२९ महिला र ६८१ पुरुषमा कोरोना पुष्टि भएको छ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या ५५ हजार ७७, ललितपुरमा ७ हजार ७ सय ३६ र भक्तपुरमा ५ हजार १ सय ५० पुगेको छ।

२४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ।

हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन्। पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ जना रहेका छन्।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको संख्या ८ सय ४२ पुगेको हो।

प्रकाशित मिति: : 2020-10-24 16:53:00

प्रतिकृया दिनुहोस्