‘फौजीलाई कुन हो दसैँ, कुन हो चाड ?’

बाह्रखरी

काठमाडौँ
तस्बिर : बाह्रखरी

 कुनै पनि मुलुकको शान्ति सुरक्षाको मेरुदण्ड भनेकै सुरक्षाकर्मी हुन् । राष्ट्र र जनताको सुरक्षामा खटिने उनीहरूका लागि चाडपर्व परिवार सम्झाउने माध्यम मात्रै बन्छ । 

कर्तव्य निर्वाह गर्ने क्रममा निजि क्षेत्र र कर्मचारीजस्तै उनीहरूले बिदा पाउँदैनन् । यो वर्ष कोरोना महामारीबीच दसैँ परेको छ । मुलुकका तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो नियमित जिम्मेवारीबाहेक कोरोनाविरुद्धको अभियानमा पनि सक्रिय छन् । 

तीनवटै सुरक्षा निकायका १० हजार बढी कर्मचारी कोरोना संक्रमित छन् । सरकारले कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई जोखिमभक्ता दिने निर्णय गरेको थियो । चैतबाटै लागु हुने गरि सुरक्षाकर्मी,स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिमभत्ता सात महिना बित्‍न लाग्दासमेत उनीहरूले पाउन सकेका छैनन् ।

यस्तोमा उनीहरूको मनोबलमा समेत प्रभाव पर्दै गएको छ । एकातिर कोरोना जोखिममा ड्युटी,अर्कोतिर जोखिम भत्तासमेत नपाउनु र त्यसमाथि संगठनले बिदासमेत नदिने निर्णय गरेपछि उनीहरूको दसैँ कर्तव्यपालनामा बित्नेछ । नेपाली सेनाले जवानहरूलाई बिदा दिने बताए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भने दसैँमा बिदा नदिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: : 2020-10-25 08:26:00

प्रतिकृया दिनुहोस्