वीपी प्रतिष्ठानमा उपचाररत एक संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाकाे मृत्यु भएको छ।

धरान उपमहानगरपालिका १७ की ६२ वर्षीया महिलाको शनिबार ३ बजे अपरान्ह मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

मिर्गाैला सम्बन्धी समस्याबाट पीडित महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यसक्रममा उनलाई अस्पतालमा कार्तिक ७ गते भर्ना गरिएकाे थियाे। उपचारकै क्रममा मृत्यु भएको सहप्रवक्ता डा श्रेष्ठले जानकारी दिए।।

यससँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-10-25 08:49:00

प्रतिकृया दिनुहोस्