फ्रान्समा एकैदिन ४५ हजार संक्रमित, देशभरि ‘लकडाउन’ गर्ने सम्भावना

फ्रान्समा कोरोनाको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन्।

शनिबार एकैदिनमा ४५ हजार ४ सय २२ नयाँ संक्रमित फेला परेपछि राज्यको अवस्था गम्भीर बन्न पुगेको छ।

शुक्रबार संक्रमितको संख्या ४२ हजारको हाराहारीमा थियो। फ्रान्समा अहिले कोरोनाको दोस्रो चरण सुरु भएको छ।

हालसम्म यहाँ ११ लाख संक्रमित संख्या पुगिसकेको छ। अस्पतालमा हाल संक्रमितको संख्या बढेसँगै तनाव पनि सुरु भएको छ।

सरकारले ९ वटा शहरमा ‘लकडाउन’ लागु गरेपनि यसको ठोस नतिजा आएको छैन। सरकार अन्य उपायको खोजीमा रहेको स्थानीय पत्रपत्रिकाले लेखेका छन्।

बेल्जियमको जस्तै यहाँ पनि देशभरि नै ‘लकडाउन’ को नियम लागु गर्ने विषयमा विचारविमर्श भइरहेको छ।

यसअघि ‘लकडाउन’ गर्दा सरकारी निर्णयको जनताद्धारा विरोध भएको थियो।

त्यसैले सरकारले जनताबाट आउने विरोधको विषयमा पनि गम्भीर चिन्ता गरेको छ।

प्रकाशित मिति: : 2020-10-25 09:22:00

प्रतिकृया दिनुहोस्