फ्रन्टलाइनमा खटिने चिकित्सकले यसरी मनाउँदैछन् दसैँ

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

 माया श्रेष्ठ

नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी निरन्तर कोभिड—१९ का बिरामीको सेवामा जोखिम मोलेर खटिरहेका छन् । यस्तो अवस्थामा हिन्दुहरुको महान पर्व दसैँ भित्रिएको छ । तर कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनु परेका कारण उनीहरु यसपाली आफूहरुका लागि दसैँले उल्लास ल्याउन नसकेको बताउँछन् ।

अघिल्ला दसैँमा अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले आलोपालो कार्यतालिका मिलाएर बडादसैँ मनाउँथे । तर अहिले त्यस्तो अवस्था छैन ।

कोभिड—१९ संक्रमितको संख्या बढेसँगै उपत्यकाका अस्पतालहरु बिरामीहरुले भरिन थालेका छन् । जोखिम मोलेर फ्रन्टलाइनमा खटिएर बिरामीको सेवा गर्दै आएका स्वास्थ्यकर्मी तथा चिकित्सकको ०७७ सालको बडादसैँ मनाउने शैली फरक भएको छ ।

यसै क्रममा केही चिकित्सक एवं स्वास्थ्यकर्मीले कोभिड—१९ का बिरामीको सेवामै समर्पित भएर बडादसैँ मनाउँदै छन् भने केहीले जनस्वास्थ्य मापदण्ड पालना गरी आफन्तजनबाट टीका तथा आशिर्वाद ग्रहण गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति: : 2020-10-25 09:38:00

प्रतिकृया दिनुहोस्