बेलायतले क्रिसमसअघि स्वास्थ्य कर्मचारीलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने

बेलायतले क्रिसमस अगाडि स्वास्थ्य विभाग मातहतका सबै कर्मचारीलाई भ्याक्सिन उपलब्ध गराउने भएको छ। 

बेलायतको स्वास्थ्य विभाग एनएचएसमा प्रमुखले यसको जानकारी दिँदै क्रिसमस अघिसम्म कोरोना भाइरसविरूद्धको राम्रो भ्याक्सिन तयार भइसक्ने आशा व्यक्त गरे। 

सरकारले यस विषयमा आधिकारीक बयान सार्वजनिक गरेको छैन। तर, एनएचएस ट्रस्टका प्रमुखले भने, ‘मलाई विश्वास छ, क्रिसमस अगाडि हामीसँग प्रभावशाली भ्याक्सिन तयार हुनेछ। यसको पहिलो उपभोग गर्ने अधिकार एनएचएस मातहत रहेर अघिल्लो पंक्तिमा काम गर्ने कर्मचारी कै हुनेछ।’

बेलायतमा हालसम्म ८ लाख ५४ हजारको हाराहारीमा मानिसहरू संक्रमित भएका छन्। जसमा ४४ हजार ७ सय ४५ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-10-25 09:45:00

प्रतिकृया दिनुहोस्