बेलायतका मोटो मान्छे, जसलाई पाँच वर्षपछि घरको झ्याल फोडेर बाहिर निकालियो

बेलायतका सबैभन्दा मोटो मान्छेलाई क्रेनले तानेर घरको झ्यालबाट बाहिर निकालिएको छ। ३० वर्षका जेसन होल्टनको शरीरको तौल ३ सय १७ किलो थियो। 

अत्याधिक तौलका कारण उनी ५ वर्षदेखि घरबाट बाहिर निस्किन सकेका थिएनन्। सात घण्टा लामो प्रयासपछि उनलाई घरबाट बाहिर निकालिएको थियो। 

बेलायतको सरेमा बसोबास गर्ने जेसनको तौल बढ्नुमा जंक फुड कारण बनेको थियो। उनी चकलेट, फिजी ड्रिग्स, चिप्स र स्याण्डविच धेरै खान्थे। दैनिक उनी यसबाट १० हजार क्यालोरी लिने गर्थे। केही वर्षभित्र उनको तौल बढेको थियो। 

घरबाट उद्दार गरिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना गर्नेबेला उनले भने, ‘घरमा हुँदा मैले कसैको सहयोग मागिन्, यसका लागि म खुसी छु। म मर्न चाहन्थे। मुटुले काम गर्न बन्द गरोस् भन्ने लागेको थियो। मलाई बाँचेर के गर्नुछ भन्ने लागेको थियो।’

जेसले ६ वर्षपछि आफूले बाहिरको स्वाच्छ हावा लिएको बताए। घरबाट निकाल्न असफल भएपछि उनको झ्याल फोडिएको थियो। उनले भने, ‘यो पहिलो अवसर थियो, मैले ६ वर्षपछि बाहिरको स्वच्छ हावामा सास फेरे। क्रेनबाट उठाउँदा मलाई गाह्रो नहोस् भनेर कोडिन औषधि दिएको थियो।’

जेसन लिम्फोडिमा रोगबाट संक्रमित छन्। उनको शरीर पुरै फुलेको छ। जेसनको ५२ वर्षीय आमा लिजा भन्छिन्, ‘एक्लो छोरालाई गुमाउँछु कि भन्ने डर लागेको थियो।’ डाक्टरहरूले उनी ५ वर्षभन्दा बढी बाच्न नसक्ने बताएका थिए। हद्यघातका कारण उनको निधन हुनसक्ने बताइएको छ। 

जेसनको तौल २०१४ देखि बढ्न थालेको हो। जब उनले होम डिलिभरी फुड सर्भिसबाट खाना मगाउन थाले। उनी दैनिक ५ हजार रुपैयाँको हाराहारीमा खाना खान्थे। वर्षभरिमा उनको खानाको खर्च नै १८ लाखको हाराहारीमा हुन्थ्यो।

प्रकाशित मिति: : 2020-10-25 11:59:00

प्रतिकृया दिनुहोस्