काठमाडौं उपत्यकामा थपिए १५ सय ३५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा ६ सय २९ महिला र ९ सय ६ पुरुष छन्।

आइतबार काठमाडाैंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ काेराेना संक्रमित थपिएका छन्।

आज देशभर नयाँ २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-10-25 16:41:00

प्रतिकृया दिनुहोस्