धरानमा ७९ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा निधन

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका एक कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका ४ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आइतबार अपरान्ह ४ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

वृद्धमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप उपचारका लागि आइतबार नै भर्ना गरिएको थियो।

मृतकमा लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट रहेकाे र उच्च रक्तचापको समेत समस्यासमेत रहेको डा. श्रेष्ठले जानकारी दिए।

यससँगै प्रदेश १ मा हालसम्म १ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ। जसमा ५० महिला र १ सय १७ जना पुरुष रहेका छन्।

प्रकाशित मिति: : 2020-10-26 06:43:00

प्रतिकृया दिनुहोस्