काठमाडौं उपत्यकामा ८ सय ९४ सहित देशभर थपिए १७ सय ४१ संक्रमित, थप १५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय ९४ सहित १ हजार ७ सय ४१ जना कोरोना संक्रमित थपिएका हुन्।

सोमबार काठमाडौंमा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १४६ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमित हुनेमा ५ सय १५ पुरुष र ३ सय ८० महिला रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले हाल काठमाडौंमा १८ हजार ३ सय ७४, भक्तपुरमा १ हजार ४ सय ३५ र ललितपुरमा २ हजार ५ सय २० जना सक्रिय संक्रमित रहेको जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ। २ हजार ९ सय ६९ जना क्वारेन्टाइनमा छन्।

आज ४ हजार पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-10-26 19:14:00

प्रतिकृया दिनुहोस्