भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार नाघ्याे

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार नाघेको छ। 

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५०८ जनाको मृत्यु भएको हो।

याेसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्याे एक लाख २० हजार १० पुगेकाे भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७९ लाख ९० हजार ३२२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा मात्र कोरोनाका ४३ हजार ८९३ नयाँ संक्रमित थपिएका हुन्। अहिलेसम्म ७२ लाख ५९ हजारभन्दा धेरै कोरोना संक्रमित निको भइसकेका मन्त्रालयले जनाएकाे छ। 
 

प्रकाशित मिति: : 2020-10-28 13:10:00

प्रतिकृया दिनुहोस्