अब सातामा दुई दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने जानकारी दिएका हुन्।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ। 

अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो।

प्रकाशित मिति: : 2020-10-28 16:38:00

प्रतिकृया दिनुहोस्