अस्ट्रेलियाको प्रधानमन्त्रीसँग माफी माग्यो कतार एयरवेजले

आफ्नो देशको महिलामाथि भएको दुब्र्यवहारविरूद्ध अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आपत्ति जनाएपछि कतार एयरलाइन्सले माफी मागेको छ। 

२ अक्टुबरमा कतार एयरलाइन्सबाट यात्रा गर्ने क्रममा दोहा पुगेका १३ अस्ट्रेलियाली महिलालाई निर्वस्त्र पारेर तलासी लिइएको थियो। 

एयरलाइन्सले दोहा विमानस्थलको डस्टबिनमा नवजात शिशु भेटिएपछि सुरक्षा अधिकारीले सबै महिलालाई निर्वस्त्र पारेर तलासी लिएका थिए। 

एयरलाइन्सले कुन महिलाले शिशुलाई जन्म दिएको हो, त्यो पत्ता लगाउन तलासी लिइएको जानकारी अस्ट्रेलियाको प्रधानमन्त्रीलाई दिएको छ। 

मोरिसनले भने, ‘यो कल्पना बाहिरको कुरा हो। यो जति भयावह छ, सहन नसकिने पनि। म पनि एक छोरीको बुवा हो।’ 

यस्तै, विदेश मन्त्री मोरिसे पेनले एउटा फ्लाइटको मात्र नभएर १० वटा फ्लाइटको महिलामा यस्तो हुनु लज्जास्पद भएको बताए। ‘१८ महिलाको तलासी लिइयो, जसमा १३ जना अस्ट्रेलियाली छन्,’ पेनले भने।

प्रकाशित मिति: : 2020-10-28 22:01:00

प्रतिकृया दिनुहोस्