रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका ८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो।

आईसियुमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको उनले जानकारी दिए।

संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको थियो।

प्रकाशित मिति: : 2020-10-30 10:33:00

प्रतिकृया दिनुहोस्