रासायनिक मलको हाहाकार : आशैआशमा किसान रातभर जाग्राम तर रित्तो हात घर फिर्ता

लोकान्तर

काठमाडौं 

राति बल्बको उज्यालोमा किसानहरू सहकारीको गोदामबाहिर लामवद्ध छन् । धेरै भीडभाड भएकाले धकेलाधकेल पनि भइरहेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्ने सरकारी मापदण्ड कसैले पालन गरेका छैनन् । लामवद्ध किसानलाई मल पाए हुन्थ्यो भन्ने आश छ । 

यो दृश्य हो, कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको हो । सुखड बजार क्षेत्रमै रहेको नकरोड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट मल पाउने आशमा किसानहरू सहकारीबाहिर रातभर जाग्राम बस्छन् । मलको अभाव यसपालिको समस्या मात्रै होइन, खेतीपातीको हरेक सिजनमा किसानलाई मल, बिउँ र सिचाइ सुविधा पाउन युद्ध लडेझै संघर्ष गर्नुपर्छ । 

कोरोना त्रासबीच धानखेती गरेका किसान धान भित्र्याएर फेरि हिँउदे बाली तोरी, गहुँ लगाउने तयारीमा छन् तर किसानले आवश्यक रासायनिक मल पाएका छैनन् । मल अभावमै गत वर्ष गहुँखेती गरेका किसानले यस वर्ष पनि मल अभावमै हिउँदे बाली लगाउनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: : 2020-10-30 10:43:00

प्रतिकृया दिनुहोस्