एकै महिनामा पिल्लर ठड्याएर २५ लाख झ्वाम ! शंकास्पद देखिएपछि अख्तियारमा उजुरी

लोकान्तर

जनकपुरधाम
तस्बिर : लोकान्तर

अजय अनुरागी

२नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले शहीद कामेश्वर कुशेश्वरको नाममा जनकपुरमा निर्माण गराइरहेको स्मृति भवनको काममा अनियमितता भएको छ ।

२४ वटा पिलर र जगको काम मात्रै गर्दा उपभोक्ता समितिलाई २५ लाख रुपैयाँ भुक्तानी दिइएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मण्डल (केवट) आश्रमको कम्पाउन्डमा भवन निर्माणका लागि २५ लाख ५३ हजार रुपैयाँ बजेट छुटयाएको थियो । मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय जनकपुरधाममार्फत निर्माण कार्य गराइएको थियो ।

पवनकुमार मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर भवन निर्माणका लागि २०७७ जेठ ८ गते सम्झौता भएको थियो । जग खन्ने, प्लीन्थ लेभेलसम्म इँटाको गारो लगाउने काम, फाउन्डेसन बिमको काम, २४ वटा पिल्लर ढलानसहित २८६.१२ वर्गमिटर क्षेत्रफलको काम १ महिनाभित्र अर्थात् असार ८ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । 

प्रकाशित मिति: : 2020-10-30 16:39:00

प्रतिकृया दिनुहोस्