उद्यमी शिक्षक : सरकारको स्थायी जागिरले मानेन मन, बचेखुचेको समयमा उदाहरणीय कृषि फार्म

लोकान्तर

काठमाडाै‌

शाले शिक्षक भएपनि पाल्पाको तिनाउ गाउँपालिका २ दोभान (जमुने) का पदम शाक्यको रहर सानो उमेरदेखि व्यावसायिक कृषि कर्म गर्ने थियो । 

बुवाले कञ्चनपुरमा कपास खेती गरेदेखि नै पदमको रहर कृषि कर्ममा जागेको हो । तर, पदमका बुवा दलबहादुर शाक्यले कृषक नभई एक सफल शिक्षक बन्नुपर्छ भन्थे । त्यसैले पनि छोरालाई राम्रो शिक्षादिक्षा दिए । 

कृषिमा आफ्ना नङ्ग्रा खियाएर दलबहादुरले पदमलाई पढाए । लगनशील पदम ०४३ सालमा कञ्चनपुर त्रिभुवनबस्तीस्थित पुनर्वास माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि पढ्न बुटवल आए । बुटवलमा पढ्न आएपनि उनी पाल्पाको दोभानमा बस्थे । दोभानबाटै बुटवल बहुमुखी क्याम्पस आउजाउ गर्थे । 

क्याम्पसमा पढ्दै गर्दा उनले ०५१ सालमा अस्थायी रूपमा दोभानमै रहेको दोभान माध्यमिक विद्यालयमा अध्यापन गराउन थाले । उनले ०६० सालसम्म त्यहीँ पढाए । त्यसपछि स्थायीका लागि शिक्षक सेवा आयोगबाट आवेदन  खुल्यो । उनले परीक्षा दिएपछि निमावि तहमा ०६० सालमा नाम निकाले । त्यसपछि उनी अहिले पनि प्राध्यापन पेशामै छन् । 

प्रकाशित मिति: : 2020-10-31 11:08:00

प्रतिकृया दिनुहोस्