थप २ हजार ५०८ जनामा कोरोना, मृतकको संख्या ९३७ पुग्यो

नेपालमा शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ।

काठमाडौं उपत्यकामा थप १ हजार ३५७ कोरोना संक्रमित देखिएका छन्।

संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन्।

काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना नयाँ संक्रमित थपिएकाे मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यसैगरी २४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै  निको हुनेको १ लाख ३१ हजार २२२ संख्या पुगेको मन्त्रालयले जनाएकाे छ। 

देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ।

हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा ९ हजार २७९ पीसीआर परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको छ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छन्।

 

प्रकाशित मिति: : 2020-10-31 17:00:00

प्रतिकृया दिनुहोस्