बार्सिलाेनाकाे जित विहिन यात्रा कायमै

बार्सिलोनाले स्पेनिस ला लिगामा जित विहिन यात्रालाई कायमै राखेकाे छ।  

शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेससँग १–१ गोलको बराबरीमा राेकिएकाे हाे।

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना पछिल्ला चार खेलमा जित निकाल्न असफल छ।

आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए। उनले ३१औँ मिनेटमा गोल गरेका थिए।

आल्भेसका मिडफिल्डर जोटा ६२औँ मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए। जोटा  बाहिरिएपछि एलाभेस १० खेलाडीमा सीमित भयो। 

६३औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए। तर जित निकाल्न भने सकेन।

बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ।

बार्सिलोना ८ अंकसहित १२औँ स्थानमा छ। लिग लिडर मड्रिडकाे १६ अंक छ। 

आल्भेस समान अंक जोड्दै १३औँ स्थानमा छ। 

प्रकाशित मिति: : 2020-11-01 07:21:00

प्रतिकृया दिनुहोस्