सहज जितसँगै चेल्सी चौंथो स्थानमा उक्लियाे

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउन हाकिम जियाच, कुर्ट जुमा र टिमो वेर्नेरले एक एक गोल गरे।

बर्नलीको मैदानमा भएकाे खेलको २७औँ मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

पहिलाे हाफ एक गाेल गरेकाे चेल्सीले दाेस्राे हाफमा थप दुई गाेल गर्‍याे। 

६३औं मिनेटमा जुमाले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए।

त्यसपछि खेलको ७०औँ मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए।

जितसँगै ७ खेलमा १२ अंक जोडेको चेल्सी तालिकाको चौंथो स्थानमा उक्लिएको छ।

बर्नली १ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-01 07:27:00

प्रतिकृया दिनुहोस्