नागरिकसित डराएको सरकारलाई सिडिओहरुले कहिलेसम्म बचाउने हुन् ?

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

प्रितम सुवेदी

झन्डै ३ महिना अगाडि ‘इनफ इज इनफ’ अभियानले बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको थियो। म पनि सोही प्रदर्शनमा सहभागी बन्न तोकिएकै समयमा त्यहाँ जानलाई घरबाट निस्किएको थिएँ । 

त्यहाँ नजिकै पुग्नासाथ प्रहरीको ठूलो संख्या देखेँ तर प्रदशर्नकारी कोही पनि देखिनँ। सायद म समयभन्दा अलि चाँडै पुगेछु कि जस्तो लाग्यो। म छेउमै बसेर साथीहरुको प्रतीक्षा गर्दै थिएँ। केही समयपछि पो थाहा पाएँ, त्यहाँ प्रदर्शन गर्न आएका सबै साथीहरुलाई पक्राउ गरिसकिएको रहेछ। 

म एकछिन त्यहाँ बसेर रमिता हेरिरहेको थिएँ। त्यहाँ हामी जस्ता युवाहरुलाई देख्न साथ पक्राउ गरिहालिने रहेछ। म नजिकै एक प्रहरी आएर यहाँ  किन आएको भनी प्रश्न गर्न थाले । मैले यहाँ भाटभटेनीमा किनमेल गर्न आएको भनेर जवाफ दिएँ। 

मेरो अफिसमा त्यति बेला अति आवश्यक काम परकाले मलाई गिरफ्तारी दिन मन लागेन त्यसैले म त्यति भनी त्यहाँबाट भाटभटेनीतिर लागेँ।  

प्रकाशित मिति: : 2020-11-01 09:05:00

प्रतिकृया दिनुहोस्