परिवारवादको विषयमा सलमान खानको बयान

बलिउडमा जारी परिवारवादको मुद्धामा पहिलो पल्ट सलमान खान मुखरित भएका छन्। उनले बिग बस–१४ को नोमिनेसन स्पेशल एपिसोडमा परिवारवादको विषयमा खुलेर कुरा गरेका छन्। 

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि अभिनेत्री कंगना रनौट बलिउडमा मौलाएको नातावाद र परिवारवादको खुलेर विरोध गर्दै आइरहेकी छिन्। 

बिग बसमा राहुल बैधले कुमार सानुको छोरा जान कुमार सानुको नोमिनेसनलाई परिवारवादको आयात भनेर सम्बोधन गरेका थिए। 

राहुलको यो भनाई बिग बसको घरमा बस्ने अन्य प्रतियोगीलाई मन परेको थिएन। बिग बसका आयोजक सलमान खानले यस विषयमा भने, ‘यस्तो कुरा बिग बसको घरमा प्रयोग गर्नु अनुचित हुनेछ।’ 

उनले राहुललाई उनको छोरा पनि संगीत क्षेत्रमा आउन चायो भने के यसलाई परिवारवाद भन्ने? भनेर प्रश्न गरेका थिए। उनले कुनै परिवारले आफ्नो छोराछोरीलाई अगाडी बढाउन खोजेको खण्डमा यसलाई अन्यथा मान्न नहुने बताए। 

राहुलसँगको बहसमा जान कुमार सानुले सानोमा आमा–बुवाको पारपाचुके भएपछि आफू आमासँग बसेको बताए। त्यसैले आफ्नो हकमा परिवारवाद लागु नहुने उनको तर्क थियो।

प्रकाशित मिति: : 2020-11-01 14:26:00

प्रतिकृया दिनुहोस्