कोरोनाका कारण तमिलनाडु राज्यका कृषि मन्त्रीको निधन

भारतको तमिलनाडु राज्यका कृषि मन्त्री आर दोरिक्कन्नुको कोरोना भाइरस संक्रमणका कारण शनिबार राती निधन भएको छ। 

उनी ७२ वर्षका थिए। उनको निधनको खबर कावेरी अस्पतालका एक वरिष्ठ अधिकारीले दिए। 

‘निकै दुःखसाथ भन्नु परेको छ, कृषि मन्त्री थिरु आर दोरिक्कन्नुको शनिबार राती ११ बजेर १५ मिनेट जाँदा निधन भएको छ,’ अरविन्दन सेल्वराजद्धारा जारी विज्ञप्तीमा भनिएको छ। 

पापनासम विधानसभा क्षेत्रबाट संसद छानिएका मन्त्रीलाई १३ अक्टुबरमा अस्पताल भर्ना गरिएको थियो। 

मुख्यमन्त्री के पल्लानीस्वामीको आमालाई श्रद्धाञ्जलि दिन सलेम यात्रामा निस्किएका दोरिक्कन्नको स्वास्थ्य अचानक बिग्रिएको थियो। 

उनी २००६ देखि तमिलनाडु विधानसभाको पपनासम सिटबाट पहिलो पल्ट निर्वाचित भएका थिए। उनी २०११ र २०१६ मा पनि निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2020-11-01 19:01:00

प्रतिकृया दिनुहोस्